काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करणअघि नयाँ एन्थम सनर्वजनिक भएको छ । आयोजक ईन्फिनिटी ड्रिम्सले बुधबार एक कार्यक्रम गर्दै नयाँ एन्थम सनर्वजनिक गरेको छ । नयाँ एन्थम ‘अब पालो नारीको’ गायिका रातो रानीले चिनिने जेनी योन्जनले गायकी हुन् ।
कार्यक्रममा नयाँ एन्थमको भिडियो पनि सनर्वजनिक गरिएको थियो भने रातो रानीले पनि नयाँ एन्थम लाईभ प्रस्तुत गरेकी थिईन् । लिगको तेस्रो संस्करण असोज १५ देखि हुने तय छ । यसअघि दुई संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो ।

