काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ९०, भारतीय रु १०० तथा सानो लोकल रु ४५, टनेल रु ६८ र भारतीय रु ५५ निर्धारण गरिएको छ । यस्तै, आलु रातो लाम्चो रु ५१, गोलो र मुढे रु ५३, भारतीय रु ४० तथा आलु सेतो रु ३८ प्रतिकिलो तोकिएको छ । सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो रु ९० रहेको छ ।
गाजर लोकल प्रतिकिलो रु १२० र तराईको रु ८०, बन्दा लोकल रु ३०, स्थानीय काउली रु ११०, रातो मूला रु ३०, सेतो मूला हाइब्रिड रु ३५ तथा लाम्चो र डल्लो भन्टा क्रमशः रु २५ र रु ५० तोकिएको छ ।
हरियो तरकारीतर्फ बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी रु १२०, घिउ सिमी लोकल तथा हाइब्रिड रु १००, टाटे सिमी रु ८० र भटमास कोसा रु १३० रहेको छ । तीते करेला रु ५०, लौका रु ६०, परवर लोकल रु ७०, तराई रु ८०, चिचिण्डो र घिरौँला रु ३० तथा झिगुनी रु ७० प्रतिकिलो निर्धारण गरिएको छ ।
त्यसैगरी, फर्सी पाकेको तथा हरियो फर्सी रु ६०, भिन्डी रु ४०, सखरखण्ड रु १२०, पिँडालु रु ८० र स्कुस रु ५० प्रतिकिलो तोकिएको छ ।
सागसब्जीतर्फ रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो रु २५०, तोरीको साग रु १०० र हरियो प्याज रु २०० रहेको छ । कन्य च्याउ रु ३००, डल्ले च्याउ रु ५००, राजा च्याउ रु ३३० तथा सिताके च्याउको मूल्य प्रतिकिलो रु १ हजार निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो रु ५००, निउरो रु १००, ब्रोकाउली रु १६०, चुकन्दर रु ७०, सजीवन रु २५० तथा रातो बन्दा रु ५० तोकिएको छ । जिरीको साग र सेलरी प्रतिकिलो रु ५००, पार्सले रु १ हजार ८००, सौफको साग रु १५०, पुदिना रु ७००, गान्टेमूला रु १५०, इमली रु १८०, तामा र तोफु रु १६०, गुन्द्रुक रु ३५० तथा रुख टमाटर रु ३०० रहेको समितिले जनाएको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३५०, नेपाली केरा दर्जन रु ३००, मालभोग केरा रु २००, कागती र अनार रु ३०० तथा मालदह आँप रु २८० र चोसा आँप रु २५० प्रतिकिलो निर्धारण गरिएको छ । हरियो तरबुजा रु ६०, जुनार रु २००, भुइँकटहर प्रतिगोटा रु २००, लोकल काँक्रो रु ५० र हाइब्रिड काँक्रो रु २० प्रतिकिलो रहेको छ ।
यस्तै, रुखकटहर प्रतिकिलो रु ६०, लोकल नास्पाती रु ९०, चाइनिज नास्पाती रु २५०, नेपाली मेवा रु ८०, भारतीय मेवा रु १००, लप्सी रु ६०, किबी रु ४००, एभोकाडो रु २५०, अमला रु २०० तथा काँचो र हरियो नरिवल क्रमशः रु ८० र रु १७० प्रतिकिलो तोकिएको छ ।
ड्रागन फ्रुट नेपालीको मूल्य प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ । अदुवा रु ३००, सुकेको खुर्सानी रु ५५०, हरियो खुर्सानीका विभिन्न जात रु ५० देखि रु ३०० सम्म, भेडे खुर्सानी रु ५० तथा हरियो लसुन रु २०० प्रतिकिलो रहेको छ ।
हरियो धनियाँ प्रतिकिलो रु ५००, चाइनिज सुकेको लसुन रु २२०, नेपाली सुकेको लसुन रु २०० तथा सुकेको र हरियो छ्यापी रु २०० प्रतिकिलो तोकिएको छ । सुकेको माछा प्रतिकिलो रु १ हजार, ताजा रहु माछा रु ३७०, बचुवा रु ३४० र छडी माछा रु ३५० निर्धारण गरिएको समितिले जनाएको छ ।