म्याग्दी । लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा आज बिहान करिब ५ः२५ बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
त्यसैगरी, बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा पनि बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेको छ। पहिरोका कारण उक्त स्थानमा समेत सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
दुवै स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।