प्रधानमन्त्री बालेन्द्र साह निजी भ्रमणका क्रममा शुक्रबार पोखरा पुगेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी साहको पोखरा र मुस्ताङ भ्रमण विशुद्ध निजी रहेको जानकारी दिएको छ।
साह माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित ‘अन्नपूर्ण इको भिलेज’ रिसोर्टमा बस्नेछन्। पोखराबाट करिब साढे चार किलोमिटर दूरीमा रहेको उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ।