काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन्।
नेपाल प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सिन्धुली, रुपन्देही, पर्सा, सुनसरी, झापा, बाजुरा र बारामा भएका विभिन्न सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेको संख्या १०६ पुगेको छ। प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २१, मधेश प्रदेशमा ४६, काठमाडौं उपत्यकामा ७, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५ तथा सुदूरपश्चिम प्रदेशमा १६ जना घाइते भएका छन्।
प्रहरीले घाइतेहरूको उपचार भइरहेको जनाएको भए पनि उनीहरूको स्वास्थ्य अवस्था र उपचार भइरहेको अस्पतालबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
प्रहरीले दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
दुर्घटना र मृतकको विवरण