काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । खेलको ८०औँ मिनेटमा गोल गर्दै मेसीले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या ६ पुर्याएका छन् ।
यस गोलसँगै मेसीले विश्वकप इतिहासमा एक अभूतपूर्व कीर्तिमान समेत आफ्नो नाममा लेखएका छन् । उनी विश्वकपका लगातार सात खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
समूह ‘जे’ को खेलमा जिओभानी लो सेल्सोको गोल मद्दतले साविक विजेता अर्जेन्टिनाले जोर्डन विरुद्ध सुरुवाती अग्रता बनाएको थियो ।
टेक्ससको डल्लास स्टेडियममा जारी खेलको १९औं मिनेटमा मिडफिल्डर लो सेल्सोले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१औं मिनेटमा प्राप्त पेनाल्टीलाई स्ट्राइकर लाउतारो मार्टिनेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाएका थिए ।
मेसीको गोलसँगै अर्जेन्टिनाले ३ १ को जित निकालेको हो । जोर्डनका लागि मुसा अल तमारीले खेलको ५५ मिनेटमा शान्तवना गोल फर्काएका थिए ।
अर्जेन्टिनाले आफ्नो समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै समूहबाट ९ अंक जोड्न सफल भएको छ । खेल सकिएसँगै अर्जेन्टिनाले समूह विजेताको रूपमा अर्को चरणको यात्रा तय गरेको हो ।
यस खेलमा कप्तान मेसीले आफ्नो नाममा फुटबल इतिहासकै अर्को एउटा ठुलो कीर्तिमान थपेका छन् । उनले विश्वकपमा सर्वाधिक १९ गोल गर्ने खेलाडीका रुपमा आफ्नै कीर्तीमान तोडेका छन्।
यता, पहिलो पटक विश्वकप खेलिरहेको जोर्डनले हारका बावजुद प्रतियोगितामा तारिफयोग्य प्रदर्शन गर्यो । डेब्यु टोली जोर्डनले आफ्ना तीनवटै खेलमा अंक जोड्न नसके पनि जुझारु खेल प्रदर्शन गर्दै घर फर्किएको छ ।
जितसँगै मेसी यस विधाका दुई गोलले अगाडि रहँदै ‘गोल्डेन बुट’ को दौडमा सबैभन्दा बलियो दावेदार बनेका छन् । मेसीको खेल जीवनमा जित्न बाँकी रहेका सीमित उपाधिहरूमध्ये गोल्डेन बुट पनि एक हो ।