एजेन्सी । इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग लिन शनिबार टर्कीएबाट मेक्सिको प्रस्थान गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।
टर्कीएको सरकारी टेलिभिजनका अनुसार इरानको राष्ट्रिय फुटबल टोली १५ दिनको अभ्यास अवधिपछि विश्वकपमा भाग लिन मेक्सिकोका लागि शनिवार साँझ उडेको हो । इरानको राष्ट्रिय टोली २० घण्टाको उडानपछि तिजुआना पुग्नेछ ।
इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि अमेरिकी राजदूत टम बराकले शुक्रबार कूटनीतिक पहलका लागि अङ्कारास्थित अमेरिकी दूतावासको प्रशंसा गरेका थिए ।
शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको बताएका छन् ।