काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने आईसीसी टी-२०आई बलिङ वरियतामा तीन स्थान खस्किएका छन् ।
आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार सन्दीप ३ स्थान तल झरेका हुन् । उनी ५८औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ५२५ छ ।
यस्तै दीपेन्द्रसिंह ऐरी पनि ४ स्थान खस्किएर ७७औं स्थानमा पुगेका छन् । दीपेन्द्र अलराउन्डर वरियतामा पनि १ स्थान खस्किएका छन् ।
हाल सिंगापुरमा भइरहेको एसियन गेम्स छनोटअन्तर्गत आइतबार चीनसँग भएको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर २ विकेट लिएका थिए ।
दीपेन्द्रले भने विकेट लिन सकेनन् ।