काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ ।
सिंगापुरमा टस जितेर चीनले सुरुमा बलिङ गरेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।
महत्तवपूर्ण खेलमा चीनविरुद्ध ६ बलमा ६ वटै छक्का प्रहार गर्दै ओपनर कुशल भुर्तेलले नौ ओभर नयाँ रेकर्ड बनाएका छन् । कुशल चीनविरुद्ध १६ छक्कासहित ४३ बलमा १२९ रन बनाएर आउट भए ।
नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक बनाए ।