काठमाडौं-विश्वकप २०२६ खेल्ने इङ्गल्याण्डको टोली घोषणा भएको छ। प्रशिक्षक टमस टुचेलले शुक्रबार टोली घोषणा गरेका हुन्।
टोलीमा ह्यारी केन, डिक्लान राइस, बुकायो साका, मार्कस राशफोर्डदेखि ज्युड बेलिङह्याम, जोर्डन पिकफोर्डजस्ता चर्चित खेलाडीहरु समावेश छन्।
यस्तै, कोल पामर, फिल फोडेन, अर्नोल्डलगायतलाई समावेश गरिएको छैन। फोडेन र पामरले युरो २०२४ को फाइनलमा इङ्गल्याण्डको लागि प्रमुख भूमिका खेलेका थिए।
यस्तै, यस सिजनको प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने नटिङ्घम फरेस्टका मिडफिल्डर मोर्गन गिब्स–ह्वाइट र लीड्सका स्ट्राइकर डोमिनिक क्याल्भर्ट–लेविनलाई पनि बेवास्ता गरिएको छ।
इङ्ल्यान्डले जुन १७ मा डलासमा क्रोएसियाविरुद्ध विश्वकप सुरु गर्नेछ। यस्तै, जुन २३ मा घाना र त्यसको चार दिनपछि पानामासँग खेल्नेछ।
२०२६ को इङ्गल्याण्डको विश्वकप टोलीः
गोलरक्षकहरूः जोर्डन पिकफोर्ड, डीन हेन्डरसन, जेम्स ट्राफोर्ड।
डिफेन्डरहरूः रीस जेम्स, टिनो लिभ्रामेन्टो, डान बर्न, मार्क गुएही, जोन स्टोन्स, निको ओुरेली, एज्री कोन्सा, जारेल क्वान्सा, जेड स्पेन्स।
मिडफिल्डरहरूः डेक्लान राइस, इलियट एन्डरसन, जुड बेलिङ्घम, जोर्डन हेन्डरसन, कोबी मैनु, मोर्गन रोजर्स, एबेरेची एजे।
फरवार्डहरूः ह्यारी केन, इभान टोनी, ओली वाटकिन्स, बुकायो साका, नोनी माडुके, मार्कस राशफोर्ड, एन्थोनी गोर्डन।