काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई दुई विकेटले हराएको छ । एसियाली महिला छनोटको तयारीस्वरुप भएको पहिलो टी–२० खेलमा मलेसियाको बायुमास मैदानमा नेपाल विजयी भएको हो ।
ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा ६७ रन बनाउँदा अलआउट भएको थियो। जवाफी ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरिन् । उनले ३९ बलको सामना गर्दै ३२ रन बनाउँदै नेपालको जित सुनिस्चित गरेकी हुन् ।