काठमाडौं। जारी आईसीसी लिग २ अन्तर्गत नेपालका दुवै ओपनर आउट भएका छन्।
स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै बाटिङमा उत्रिएको नेपालले दुई विकेट गुमाएको हो। आक्रामक ब्याटिङ गरिरहेका ओपनर आसिफ शेख रनआउट हुन पुगे।
१७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २९ रनमा खेलिरहेका उनी अर्का ओपनर कुशल भुर्तेलसँग तालमेल नमिल्दा रनआउट भए।
यस्तै, भुर्तेल पनि २७ बलमा २८ रन जोडेर पभेलियन फर्किए।