नेपाली राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानमा निरुता ठगुन्ना नियुक्त भएकी छन् ।
नेपाल भलिबल सङ्घको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले ओपन स्पाइकर निरुतालाई कप्तानको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो ।
लामो समयदेखि राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुताले अब घरेलु तथा अन्तर्राष्ट्रिय कोर्टमा नेपाली टोलीको सफल नेतृत्व सम्हाल्नेछिन् ।
सम्भावना बोकेकी र अनुभवी खेलाडीका रूपमा चिनिएकी निरुतालाई कप्तानको जिम्मेवारी दिएसँगै नेपाली महिला भलिबलले नयाँ उचाइ लिने विश्वास लिइएको छ ।
यसअघिकी कप्तान अरुणा शाही अचानक अष्ट्रेलिया प्रस्थान गरेपछि महिला टिम कप्तान विहीन थियो ।
निरुताको कप्तानीमा नेपाली टिमले काभा महिला च्याम्पियनसीप खेल्ने छ ।