काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो। जर्ज मुन्सीले ७७, माइकल फिन्ले म्याकक्रेथले ३५, इङ्लिसलले अविजित ३४ रन जोड्दा माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर चार विकेट लिए। करण केसीले ८ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए भने नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।