काठमाडौं । जाैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा मिति २०८३ बैशाख २४ गते देखि २६ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालित “स्व. पि.एल सिंह स्मृति छैठौं बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३“ को समापन कार्यक्रम जैशिदेवल युथ क्लवका अध्यक्ष श्री राजेश प्रजापतिको सभापतित्व तथा काठमाडौं महानगरपालिका कार्यवाहक मेयर श्री सुनीता डंगोलको प्रमुख आतिथ्यतामा साथ सम्पन्न भएको छ । ३ दिन आयोजित प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका २० नगरपालिकाका गेरोगी, पुम्से र पारा विधा गरि ३ सय २२ खेलाडीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई एग्रो थाइ फुड्स प्रा.लि. को तर्फबाट १ केजी तौलको चाँदीको रनिङ शिल्ड प्रदान गरिएको छ ।
प्रतियोगितामा १४ स्वर्ण र ४ रजत पदकका साथ आयोजक टिम काठमाडौं महानगरपालिका टिम–ए प्रथमका साथ १ केजी तौलको चाँदीको रनिङ शिल्ड उठाउन सफल भएको छ भने २ स्वर्ण, ४ रजत र ४ काँस्य पदक सहित महालक्ष्मी नगरपालिका टिम दोस्रो र १ स्वर्ण, ३ रजत र ६ काँस्य पदक सहित चन्द्रागिरी नगरपालिका टिम तेस्रो हुन सफल भएको छ । उत्कृष्ट खेलाडी पुरुष पुम्से तर्फ कागेश्वरी मनोहरा नगरपालिकाका गिरिश श्रेष्ठ र उत्कृष्ट खेलाडी महिला पुम्से तर्फ आयोजक काठमाडौं महानगरपालिकाका वितिशा तामाङ घोषित भएका छन् । त्यसौ गरि उत्कृष्ट खेलाडी पुरुष गेरोगी तर्फ आयोजक काठमाडौं महानगरपालिकाका गयाल्जेङ तामाङ र उत्कृष्ट खेलाडी महिला गेरोगी तर्फ तारर्केश्वर नगरपालिकाका कृतिका थापा मगर घोषित भए भने टिम काठमाडौं महानगरपालिका प्रशिक्षक अन्जित राई उत्कृष्ट प्रशिक्षक र अन्तर्राष्ट्रिय निर्णायक गौरव रजक उत्कृष्ट निर्णायक घोषित भएका छन् । उत्कृष्ट सवै ६ जनालाई जनही १०० अमेरिकी डलरवाट सम्मान गरिएको छ ।