काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँगको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो ।
नेपालको टिममा २ परिवर्तन गरिएको छ । सोमपाल कामी र भीम सार्की बाहिरिँदा आसिफ शेख र करण केसी पहिलो रोजाईमा परेका छन्।