काठमाडौं । लिग २ अन्तरगत आज भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ । अन्तिम बलसम्म पुगेको खेलमा नेपालका बलर नन्दन यादवले यूएईलाई रोक्न सफल भए ।
वर्षाले प्रभावित बनेको खेलमा यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो। यूएईले ३८ ओभरमा ८ विकेट गुमाएर १४८ रनमात्रै बनायो। मुहम्मद शहदादले ६५, खुजैमा तनवीरले ४९, आर्यान्स शर्माले ३३ तथा अक्षदीप नाथले अविजित ३६ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए।
त्यसअघि कीर्तिपुस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो।उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट हुन पुगे।
यस्तै, विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे।
बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिए।
यसअघिको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो।