काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौँ स्थानमा झरेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौँ स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक २३९ मा घटेको छ ।
भारतमा सम्पन्न आइसिसी टी-२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएर छैटौँबाट चौथोमा उक्लिएका थिए । त्यसपछि हालैमात्र उनी नेपालको टी-२०आई कप्तान चुनिएका थिए ।