
काठमाडौँ । ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि बुधबार फैसला सुनाइँदै छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी अन्तिम छलफलमा जुटेका छन् ।
२०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।
सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यसदिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेरन्यायाधीशहरुले छलफलमा समेत जुटेका थिए ।
आज दिनभर न्यायाधीशहरू छलफलमा जुटेका थिए । फैसला सुनाउनुअघि न्यायाधीशहरू अहिले फेरि छलफलमा जुटेका हुन् ।