
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले रारालाई लेक सिटीको रूपमा विकास गर्न माग गरेका छन्।
बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई लेक सिटी क्षेत्रको रूपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । रारालाई लेक सिटीको रूपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गरे। उनले भारतीय पर्यटकहरूलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताए।
उनले भने, ‘रारालाई हामीले एउटा लेक सिटी बनाउन डिपिआर त गरौँ । अनि न लगानीकर्ता आउँछ । यस्ता विकासले कर्णालीको कायापलट हुन्छ ।’
सांसद जबराले भारत र चीनका पर्यटक भित्र्याउन सके अन्य देशहरूलाई हेर्न नपर्ने बताएका छन् ।