
काठमाडौं, ७ चैत । सेवाग्राहीहरू छिटो काम गरिदिने भन्दै रकम लिएर हैरानी गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय, गुर्जुधारा काठमाडौंबाट प्रहरीले दुई महिलासहित १७ बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका-५ मा रहेको यातायात व्यवस्था कार्यालय, गुर्जुधाराबाट आज दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले केटिएम दैनिकलाई बताए ।
‘सेवाग्राहीहरुलाई दुःख/ हैरानी गरी अभद्र व्यवहार गर्ने १७ जना व्यक्तिहरु नियन्त्रणमा लिएर लिई आवश्यक अनुसन्धान भइरहेको छ ।’ बोहराले भने ।
पक्राउ पर्नेहरूको विवरण
१. जिल्ला झापा, बिर्तामोड न.पा. ६ घर भई हाल का.जि. का.म.न.पा. ५ बस्ने वर्ष २८ को अभिषेक चौधरी
२. जिल्ला मकवानपुर, थाहा न.पा. ५ घर भई हाल का.जि. का.म.न.पा. ५ बस्ने वर्ष २२ को विशाल लामा योन्जन
३. ऐ. घर भई हाल ऐ. बस्ने वर्ष २४ सन्तोष कुमार बम्जन
४. जिल्ला कैलाली, लम्किचुहा न.पा. ७ घर भई हाल ललितपुर म.न.पा. ४ बस्ने वर्ष ३४ को बिक्की चौधरी
५. जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. १ बस्ने वर्ष २० को दोर्जे लामा
६. ऐ. जिल्ला च.न.पा. ४ घर भई हाल ललितपुर म.न.पा. ४ बस्ने वर्ष २४ को सुदीप तामाङ
७. ऐ. जिल्ला च.न.पा. ७ मातातिर्थ बस्ने वर्ष २५ को कुशल मोक्ताङ
८. जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ८ घर भई हाल का.जि. च.न.पा. ८ बस्ने वर्ष २४ को बिशाल सिंह बिष्ट
९. जिल्ला काठमाडौं, च.न.पा. ८ मातातिर्थ बस्ने वर्ष २२ को पवन तामाङ
१०. ऐ. बस्ने वर्ष २३ को बिनायक के.सि. ।
११. जिल्ला सिन्धुली, दुधौली न.पा. ८ घर भई हाल का.जि. च.न.पा. ८ बस्ने वर्ष १९ को बादल लामा योगि
१२. जिल्ला धादिङ, धार्के गा.पा. ४ घर भई हाल का.जि. च.न.पा. ५ बस्ने वर्ष २६ को मनोज तामाङ
१३. जिल्ला गोरखा, सिरानचोक गा.पा. ७ घर भई हाल का.जि. च.न.पा. १२ बस्ने वर्ष २४ को राजिब नेपाली
१४. जिल्ला सिन्धुली, दुधौली न.पा. २ घर भई हाल ऐ. ५ बस्ने वर्ष २१ की आयुसा वाईबा
१५. ऐ. जिल्ला, ध्याङ्ले गा.पा. ५ घर भई हाल जिल्ला ललितपुर, महालक्ष्मी न.पा. ४ बस्ने वर्ष २३ को मनिर लामिछाने
१६. जिल्ला चितवन, खैरेनि न.पा. १ घर भई हाल का.जि. च.न.पा. १२ बस्ने वर्ष ३५ को प्रदिप सुनार
१७. जिल्ला धादिङ, गजुरी गा.पा. ८ घर भई हाल का.जि. च.न.पा. ५ बस्ने वर्ष ३३ की चण्डिका अधिकारी
