तेह्रथुम, १४ असोज । तेह्रथुम छथर गाउँपालिका-३ मा रहेको तमर नदीको मझुवा झोलुङ्गे पुल नजिक एक महिलाको शव भेटिएको छ ।
शरीरमा लुगा नभएको घोप्टो परेर मृत अवस्थामा भेटिएकी ती महिलाको परिचय खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय म्याङलुङ तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक प्रमोद खड्काका अनुसार मंगोलियन अनुहार जस्तो देखिने अन्दाजी २२/२५ वर्षकी महिलाको शव फेला परेको हो ।
अविरल वर्षाका कारण आएको बाढी पहिरोले बगाएर शव ल्याएको हुनसक्ने बताइएको छ ।