
लमही दाङ, ३ असोज । दाङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक र त्यसमा सवार व्यक्तिको निधन भएको छ ।
आज बिहान ०७:१० बजे लमहीबाट घोराही तर्फ आउदै गरेको रा. ८ प २९४० नम्बरको बुलेट मोटरसाईकल दुर्घटना हुँदा सो मोटरसाईकलमा सवार दुई जनाको निधन भएको हो ।
दुर्घटना घाइते भएका उनीहरूको लमही अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।
निधन हुनेमा चालक घोराही- १८ नवलपुर बस्ने बर्ष २२ को श्रवण कुमार पुन र मोटरसाइकलको पछाडी सवार घोराही-४ बस्ने बर्ष २१ को बिनोद के.सी. रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरूको साथमा रहेको सवारी चालक अनुमतिपत्रको आधारमा प्रहरीले आफ्न्तलाई खबर गरेपछि उनीहरूले शवको सनाखत गरेका हुन् ।