काठमाडौँ, २ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बुधवार काठमाडौँ जिल्ला अदालतले प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
नेपाल प्रहरीको साइवर ब्युरोले प्रसाईँलाई पक्राउ गर्नको लागि जिल्ला अदालत काठमाडौंमा अनुमति मागेसँगै अदालतले पक्राउ पुर्जी दिएको बुझिएको छ ।
प्रसाईँसँगै जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न अनुमति दिएको प्रहरीको उच्च स्रोतले जनायो ।
उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पक्राउ पुर्जी जारी गरिएको हो ।