बागलुङ, २८ भाद्र । मध्यपहाडी लोकमार्गमा आज बिहान सरकारी पिकअप गाडी दुर्घटना हुदाँ निधन भएका तीनजनामध्ये एकजनाको परिचय खुलेको छ ।
बागलुङ गलकोट न.पा.-२ भुङखानी स्थित मध्यपहाडी लोकमार्गमा रा.१.झ.२०० नम्बरको सरकारी पिकअप गाडी सडक देखी अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त गाडी रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको भएको र निधन भएकामध्ये एकजना सोही गाउँपालिकाको उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्र बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले पुष्टी गरे ।
घटनास्थलमा बुढामगरको परिचयत्र पत्र भेटिएको थियो ।
पिकअप गाडीमा सवार चारजनामध्ये तीनजनाको घटनास्थलमै निधन भएको डिएसपी यादवले बताए । ।
मृतकमध्ये एक महिला र पुरुषको परिचय खुल्न बाँकी नै छ ।
घटनास्थलबाट मृतक थापामगरको शव बाहिर निकालिएको छ । दुर्घटनास्थल अप्ठयारो भिर भएकाले शव निकाल्न कठिनाई भएको प्रहरीको भनाई छ ।
घटनास्थलमा नेपाली सेना र प्रहरीले भिरमा अड्किएको एक महिलाको शव निकाल्ने प्रयास गरिरहेको छ भने मृतक पुरुषको शव गाडीले च्यापिएको हुँदा बाहिर निकाल्न कठिनाइ भएको छ ।
दुर्घटनामा घाइते एकजनाको उपचारको लागी धौलागिरी अस्पताल बागलुङ पठाइएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।