दाङ, १ भाद्र । दाङमा रोकिराखेको ट्याङ्करमा मोटरसाइकल ठक्कर खाँदा चालकको निधन भएको छ ।
शुक्रबार राती १०:०० बजेको समयमा दंगिशरण-५ डाँडाचिस स्थित तुलसीपुर देखि पश्चिमतर्फ जाँदै गरेको लु. प्र. ०२-००१ प ०९४६ नम्बरको को मोटरसाइकल रोकिएको रा १ त १४२२ नं. को ट्याक्टरमा पछाडीबाट ठोक्किन पुगेको थियो ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक दंगिशरण-५ बस्ने बर्ष २५ को सम्राट गिरी घाईते भएका थिए ।
घाइते गिरीलाई भई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन् ।
मोटर साईकल, ट्याक्टर र ट्याक्टर चालक बबई गाउँपालिका-७ बस्ने बर्ष २९ को ईन्द्र बहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै दाङमा हिजो राती नै अर्को एक दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
शुक्रबार राती १०:१५ बजेको समयमा घोराही-१५ दिपज्योति हस्पिटल नजिक सगरमाथा सिमेन्ट फ्याक्ट्रीबाट घोराही तर्फ आउदै गरेको रा १ ख २२५४ नम्बरको टिप्पर र सोही दिशाबाट आईरहेको रा १ ब ८८५ नम्बरको मोटरसाईकल ठक्कर खाएका थिए ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक घोराही-१५ दिपशिखा चोक बस्ने बर्ष २८ को शक्ति सिंङ जि.सी . घाईते भएका छन्
उनलाई उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमामा लगिएकोमा थप उपचारका लागि आज बिहान मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको दाङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राम प्रसाद तिमल्सिनाले बताए ।
उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
दुर्घटनामा संलगन टिपर र चालक बर्ष २४ को प्रविन चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।