काठमाडौं, ३२ श्रावण । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।
गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटेको हो ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६२ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५२ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५४ रूपैयाँ पर्नेछ ।
यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ पर्नेछ ।