गोग्ली (दाङ), २८ श्रावण । आज दिउँसो दाङमा भएको बस दुर्घटनामा २७ यात्रुहरू घाइते भएका छन् ।
आज दिउँसो ३:१० बजे घोराही-१७ बेलभार फेमश पेट्रोल पम्प नजिक बुटवल देखि तुलसीपुर तर्फ आउदै गरेको बस दुर्घटनामा परेको थियो ।
लु. १ ख. ८४१२ नं. को बस दुर्घटना हुँदा सो बसमा सवार २७ यात्रुमध्ये २२ घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राम प्रसाद तिमिल्सिनाले बताए ।
घाईते यात्रुहरूको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
घाइतेमध्ये नौ जना सामान्य र १३ जनाको अवस्था मध्यम रहेको डिएसपी तिमिल्सिनाले बताए ।
उक्त बसका चालक तुलसीपुर-१८ बस्ने बर्ष २९ को बिवेक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाईतेको विवरण –
१) दाङ तुलसीपुर उ.म.न.पा.५ बस्ने बर्ष २१ की जयन्ती रोका,
२) ऐ.१५ बस्ने बर्ष ५४ को डबल बहादुर,
३) लमही न.पा.८ बस्ने बर्ष २७ की सविना अधिकारी,
४) ऐ.बस्ने बर्ष ३ की प्रिन्सा भट्टराई,
५) घोराही उ.म.न.पा.१४ बस्ने बर्ष ३५ की मनमाया बुढा,
६) ऐ.२ बस्ने बर्ष ४६ की माया शाह,
७) ऐ.१३ बस्ने बर्ष २५ की सृजना भुजेल,
८) ऐ.१५ बस्ने बर्ष २५ को रिजवान सलमानी,
९) ऐ.ऐ.बस्ने बर्ष १५ की सन्जु दसौदी,
१०) सह चालक ऐ.११ बस्ने बर्ष २२ को संगम खडका,
११) ऐ.१ बस्ने बर्ष २५ की मिरा कुँवर योगी,
१२) ऐ.ऐ.बस्ने निजको बर्ष २ को सिनास कुँवर,
१३) ऐ.बङलाचुली गा.पा.७ बस्ने बर्ष २६ को मनोज थापा मगर,
१४) जि.लमजुङ राईनास न.पा.६ बस्ने बर्ष ४० की नेबिसा बुढाथोकी,
१५) ऐ.ऐ.बस्न बर्ष ४० को बाबुराम कार्की,
१६) जि.कपिलबस्तु बुद्धभुमी न.पा.९ बस्ने बर्ष ३१ की उसा अर्याल,
१७) ऐ.३ बस्ने बर्ष ६० को भोजराज पौडेल,
१८) ऐ.ऐ.बस्ने बर्ष २४ की रिता खनाल,
१९) जि.बाँके जानकी गा,पा.३ बस्ने बर्ष ३१ को लक्ष्मी नारायण,
२०) ऐ.ऐ.बस्ने बर्ष ३१ को रामसाह काँदु,
२१) जि.गुल्मी रेसुङगा न.पा.३ बस्ने बर्ष ३० को शमशेर थापा,
२२) ऐ.बस्ने बर्ष ५६ की भिमा कुमारी थापा ।