दाङ, २० श्रावण । शनिबार (हिजो) राती टिपरको ठक्करबाट दाङको घोराही उपमहानगर-१० अम्राहीमा मोटरसाइकल चालकको निधन भएको छ ।
शनिबार बेलुका ८:२० बजेको समयमा घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले नाराणपुरबाट घोराही तर्फ आउदै गरेको बा ५८ प ५६०५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक घोराही-१५ बस्ने बर्ष ३९ को कुल बहादुर बस्नेत घाईते भएका थिए ।
घाइते बस्नेतलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा लगिएकोमा डाक्टरले चेक गर्दा ८:४० बजे मृत घोषणा गरेको दाङ प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले बताए ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक पश्चिम नवलपरासी सुनवल नगरपालिका-१० गैराखाल बस्ने शिव बहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।