भक्तपुर, १३ भाद्र । भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा आफ्नै घरको छतबाट लडेर एक व्यक्तिको निधन भएको छ ।
बुधबार साँझ ५:५० बजेको समयमा आफ्नै साढे तीनतल्ले घरको छतबाट लडेर धानखेतमा बजारिँदा ५२ वर्षीय विष्णु वैद्य घाइते भएका थिए ।
घाइते वैद्यलाई उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीले जानकारी दिए ।
डिएसपी कार्कीका अनुसार मृतकको शव पोस्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर लगिएको छ ।
घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको पुगेको थियो । उक्त टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।