काठमाडौँ, ६ भाद्र । नेप्से आज सामान्य अङ्कले बढेको छ । बिहीबार नेप्से ६.०१ अङ्कले बढेर २९७४.४६ विन्दुमा पुगेको छ ।
आज कूल ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर रु १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् ।
त्यस्तै आज तारागाउँ रिजेन्सी होटेल, नारायणी डेभलपमेन्ट बैङ्क, ज्योति विकास बैङ्क, कर्पोरेट डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, सप्तकोसी डेभलपमेन्ट बैङ्क, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, एसबिएल डिवेञ्चर १०, एनबिबिएल डिवेञ्चर ३.९५, बोटलर्स नेपाल बालाजु ३.९२ प्रतिशतले गुमाएका छन् ।