दमारगाँउ (दाङ), ५ भाद्र । इनार सफा गर्ने क्रममा फसेका दुई जनालाई चिकित्सकले मृत घोषित गरेका छन् ।
आज बिहान १०:३० बजेको समयमा तुलसीपुर-१३ दमारगाउँ बस्ने मुकेश बि.क र याम बहादुर नेपाली इनार सफा गर्ने क्रममा त्यही फसेका थिए ।
स्थानीय दुर्गा बि.क. को घरमा रहेको इनार सफा गर्न इनार भित्र पसेका दुवैजना त्यहाँ फसेपछि प्रहरीले उद्धार गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी दमारगाँउ दाङबाट खटिएको प्रहरी टोलीले इनारमा फसेका दुवैको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाएको दाङ प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिननाले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘हामीले इनारबाट निकाले अस्पताल पठाएका थियौँ । अस्पताल पुर्याउनसाथ दुवैलाई चिकित्सकले मृत घोषित गरे ।’