
भक्तपुरमा । आज बिहान भक्तपुरको कौशलटारमा मर्निङ वाकमा हिडेका दुई महिलामाथि आक्रमण गर्ने चितुवालाई नियन्त्रणमा लिइएको छ ।
दुईवटा घरको चेपमा परेको चितुवालाई डिभिजन वन कार्यालय हात्तिसारबाट खटिएको प्राविधिक टोलीले निययन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार आज बिहान ०६:५५ बजे गठ्ठाघर प्रबिन पेट्रोल पम्प पछाडि २ वटा घरको चेपमा परेको चितुवालाई नियन्त्रणमा लिइएको हो ।
अहिले डिभिजन वन कार्यालय भक्तपुरमा राखिएको चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने बताइएको छ। उक्त चितुवा कहाँबाट आएको हो भन्ने स्पष्ट भएको छैन।
चितुवाको आक्रमणबाट भक्तपुर नगरपालिका-३ बस्ने बर्ष ६५ की अमृता कँडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएका छन् ।
घाइते दुवैको मध्यपुर अस्पतालमा उपचार जारी छ ।