
भक्तपुर । आज बिहान भक्तपुर नगरपालिका-१ नगरकोटमोडमा स्कुटरको ठक्करबाट घाइते भएकी वृद्धाको उपचारको क्रममा निधन भएको छ ।
बिहीबार बिहान ६:१० बजे दुवाकोटबाट सल्लाघारी तर्फ जाँदै गरेको बा.६९प. ९१० नम्बरको स्कुटरले पैदलयात्री सल्लाघारी बस्ने ६८ वर्षकी भुलिमाया धुगुछुलाई ठक्कर दिएको थियो ।
स्कुटरको ठक्करबाट घाइते भएकी धुगुछुलाई उपचारको लागि डा.ईवामुरा अस्पताल भक्तपुर लगेकोमा उपचारकै क्रममा बिहान ०६:४५ बजेको समयमा मृत्यू भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।
ठक्कर दिने स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाँउपालिका-४ घर भई हाल भक्तपुर दुवाकोट बस्ने बर्ष ३६ को यम खड्का लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।