
दमक । झापा जिल्ला अदालतमा चलिरहेको एक मुद्दा मिलाईदिन्छु भन्दै अभियुक्तका आफन्तबाट रकम लिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत असार २६ गते दमकबाट दिपक साहसहित तीनजना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनीहरू उपर अदालतमा मुद्दा चलिरहेको छ ।
दमक-५ क्याम्पस मोड बस्ने शिव नारायण सिंहले साहका आफन्तलाई मुद्दा मिलाइदिने भन्दै एक लाख रुपैयाँ लिएको खुलेको छ ।
रकम पनि लिएको तर मुद्दा नमिलेपछि पीडितले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।
प्रहरीले सिंहलाई आज दमक बजारबाट सिंहलाई नियन्त्रणमा लिएर ठगी मुद्धामा अनुसन्धान कार्य अगाडि बढाएको झापा प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।