
विर्तामोड । मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले आज बिहान झापाको भद्रपुरबाट पक्राउ गरेको छ ।
प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले डोर्याउँदै लगिरहेको अवस्थामा मे.११ प.४३०७ नम्बरको सेतो रङको एफजेड मोटरसाइकल सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका-२ बस्ने वर्ष ३५ को जफिर आलम र भारत बिहार किसनगंज घ बताउने वर्ष २९ को मोहमद जुबेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।
अनुसन्धानको क्रममा उक्त मोटरसाइकल ईलाम देउमाई नगरपालिका-३ घर भई हाल बिर्तामोड नगरपालिका-४ मेघावारीमा डेरा गरी बस्ने वर्ष २० को निश्चल राईको रहेको खुलेको थियो ।
उक्त मोटरसाइकल आज बिहानै उनको डेराबाट हराएको थियो ।
पक्राउ परेका दुवैउपर वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट थप अनुसन्धान भईरहेको प्रवक्ता रिजालले बताए ।