काठमाडौं । इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।
तलेजु भवानी मन्दिर अगाडि महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको हो । नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ।
बालकन्यालाई कुमारी पुजा गराइ प्रसाद ग्रहण गर्नाले विभिन्न रोगव्याधीबाट बँच्न सकिने जनविश्वास रहिआएको छ ।
कुमारी पुजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा वाधा अड्चन हट्ने समेत विश्वास रहदै आएको छ।
विधिवत पुजा सकिएपछि सांस्कृतिक बाजागाजासहित कुमारी पुजामा सरिक बालिकाहरुलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारस्थित मुलचोक, नासल चोक तथा वरपरका देवीदेवताको दर्शन गराइएपछि कुमारी पुजा समापन गरिन्छ ।
तस्बिरहरू