
काठमाडौं । विभिन्न माग राख्दै शिक्षकहरुले गरेको आन्दोलनका कारण नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकबीच घम्साघम्सीको स्थिति उत्पन्न भएको छ ।
माइतीघरबाट नयाँ बानेश्वर तर्फ आइरहेका प्रदर्शनकारीलाई एभरेष्ट होटल अगाडि रोक्ने क्रममा प्रहरी र शिक्षकबीच घम्साघम्सी भएको हो ।
शिक्षकहरूले प्रहरीले लगाएको फलामे बार माथि चढ्दै अगाडि बढ्ने खोजेपनि सुरक्षाकर्मीले निषेधित क्षेत्रमा आन्दोलन गर्न नपाइने भन्दै रोकेको हो ।
काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौँको मुख्य क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको छ ।
आन्दोलनका कारण सो क्षेत्रमा यातायात ठप्प बनेको छ भने वैकल्पिक सडकहरुमा समेत सवारी साधनको लामो जाम भएको छ ।
तस्बिरहरू














