
काठमाडौं । राजधानी काठमाडौंमा आज यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा प्राइड परेड प्रदर्शन गरेका छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकले गाईजात्राको अवसरमा वसन्तपुरदेखि टुँडिखेलसम्म ‘गौरव यात्रा’ गरेका छन् ।
सिमान्तकृत यौनिक अभिमुखीकरण, लैंगिक पहिचान तथा यौनिक विशेषता भएका व्यक्तिहरूको गौरव यात्रा गरिएको हो ।
यात्रामा सहभागीले ‘आफ्नो पहिचान गलत होइन’ भन्दै विभिन्न भाषामा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । अंग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ । यो महिनामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छन् ।
यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (निलहीरा समाज) ले काठमाडौंको टुँडिखेलमा प्राइड कन्सर्ट आयोजना गरेको थियो । उनीहरु विभिन्न भेषभूषामा सजिएर कार्यक्रममा सहभागी थिए ।
उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुती पनि दिएका थिए । कार्यक्रममा थुप्रै यूवा–यूवतीहरुको पनि सहभागी रहेको थियो ।
यसै महिना विश्वका विभिन्न देशमा प्राइड परेड आयोजना गर्ने गरिएको छ ।
तस्बिरहरू




















