
भक्तपुर । भक्तपुरमा आज बिहान नविल बैंकको एटिएम मेसिन तोडफोड गरिएको छ ।
भक्तपुर नगरपालिका-१० कमलबिनायक भत्केको पाटीमा रहेको नबिल बैंकको एटिएम मेसिन आज बिहान २:४४ बजे तोडफोड गरिएको हो ।
एटिएम मेसिन तोडफोडमा संलग्न एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनको साथबा एक मार्तल, फलामको रड र ह्याक्सो समेत बरामद भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।
पक्राउ पर्नेमा दाङ बबई गाँउपालिका-२ घर भएका बर्ष २४ को पुर्ण बहादुर खासु रहेका छन् ।
उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगातीमा राखिएको प्रवक्ता पाठककले बताए ।