
काठमाडौं । इन्जिनियरिङ अध्ययनको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बालुवाटारमा प्रदर्शन गरेको छ।
आइतबार बिहान १० बजे नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लाकार्डसहित नाराबाजी गर्दै बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न गएका उनीहरूलाई प्रहरीले भाटभटेनी मै रोकेको छ। प्रहरीले निषेधित क्षेत्रमा रोकेपछि केहिबेर प्रहरी र विद्यार्थीहरू बीच घम्साघम्सी समेत भएको थियो।
आइओई कार्यान्वयन समितिको २०८० श्रावण २५ गतेको निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अर्न्तगतका आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारवाट बढाएर ७ लाख ७५ हजार पुयाएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।
विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने, वृद्धि भएको शुल्क अवैज्ञानिक र असान्दर्भिक भएको भन्दै उक्त शुल्क तुरुन्तै फिर्ता लिनुपर्ने जस्ता मागहरू उनीहरूले राखेका छन्।
प्रदर्शनका क्रमममा विद्यार्थीहरूले आइओई का डीनको राजिनामा समेत माग गरेका छन्।
हेरौं तस्बिरहरू