
काठमाडौँ । अभिनेत्री श्वेता खड्का दम्पतीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
आज ओली निवास बालकोट पुगेर उनीहरूले ओली भेटेका हुन् । भेटमा खड्का दम्पती छोरी ब्रीआनाको साथ पुगेका थिए ।
ओलीसँगको भेटको तस्बिर उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेकी छन् । तस्बिरका साथ लेखेकी छन् ,काम ठुलो हुन् पर्दैन । जे गर्छौ प्रेम पूर्वक गर्दा । सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्व प्रधानमन्त्री केपी बुबा हजुरसँग पहिलो भेट ब्रीआना का । आशीर्वाद लिँदै ।’
केही समयअगाडि नेपाली कांग्रेसमा प्रवेश गरेको श्वेताको परिवार बालकोट पुग्नुलाई उनी एमाले प्रवेश गर्न चाहेको हो कि भन्ने आशंका पैदा भएको छ ।