
पल शाह बलात्कार आरोपमा पक्राउ पर्दा उनको बचाउमा उत्रिएकी पूजा शर्मा अहिले टाढिएकी छन्।
पल अदालतबाट सफाइ पाएर जेलमुक्त भएपछि उनीहरुको सम्बन्धमा तिक्तता आयो।
जेलबाट छुटेपछि पलले वेवस्ता गरेको निकटस्थहरुसँग उनको गुनासो छ ।
केही दिनअघि पल र पूजाको एउटा अवार्ड समारोहमा जम्काभेट भएको थियो । त्यहाँ उनीहरुको हाउभाउले सम्वन्धको चिसोपनाको सन्देश दिएको थियो ।
यद्यपि, दुवैजनाले यसबारे केही बोलेका छैनन् ।
पलसँग टाढिएकी पूजा पछिल्ला दिनमा गायिका समिक्षा अधिकारीसँग सामिप्यता बढाउन थालेकी छन् ।
उनले केही दिनअघि समिक्षाले गाएको एउटा गीतमा टिकटक भिडियो बनाएर पोस्ट गरेकी थिइन् ।
अहिले पूजा र समिक्षाले दुईवटा टिकटक भिडियो सँगै बनाएका छन् ।
दुवैले आफ्नो टिकटकमा यसलाई सेयरसमेत गरेका छन् ।