
काठमाडौँ। हिन्दी फिल्म आदिपुरुष चल्न दिन पाटन उच्च अदालतले आदेश दिएको छ।
सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश गरेको हो ।
फिल्ममा भएको एउटा डाइलगलाई लिएर महानगर प्रमुख बालेन शाहले फिल्म चल्न रोक लगाएका थिए।
फिल्मको प्रदर्शन रोकेपछि त्यसविरुद्ध चलचित्र संघले हालेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अदालतको यो आदेशसँगै फिल्म आदिपुरुषको प्रदर्शनको बाटो पनि खुलेको छ । शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौं मात्रै नभई देशभर ‘आदिपुरुष’ को प्रदर्शन स्थगन गरिएको थियो ।
आदेशबारे छलफल गर्न असार १२ गते दुवै पक्षलाई बोलाइएको छ। आदेश सार्वजनिक नहुँदै मेयर बालेनले अदालत प्रति कडा रोष प्रकट गरेका छन्।