नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् ।
उनले बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कस्न लागेकी हुन्। लगनगाँठो कस्ने तयारीमा हरेकी रविनाको मेहेन्दी समारोह भइसकेको छ।
हेन्दी समारोहमा प्रेमीसँग रमाइलो गर्दै गरेको एक भिडियो बाहिरिएको छ। मेहेन्दी समारोहमै रविनाले प्रेमीलाई जोसिलो चुम्बन गरेकी छन्।
रविना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिइन्।
जिन्दगीको स्वतन्त्रता- पुर्व बैंकर्स रविना देशराज आफ्नो मेहेन्दी प्रोग्राममा रमाउनुहुदै ,शुभकामना ।🙏💕🙏 pic.twitter.com/RJ8U04wsCt
— पवनबर्षा शाह (@PawanBarshaShah) June 18, 2023