मोरङ । मोरङको कटहरी गाउँपालिका-२मा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ८४३९ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकल यात्री इलाम तिल्केनीका २१ बर्षीय सुशिल पौडेललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाइते भएका पौडेलको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
प्रदेश कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कंडेलले केटिएम दैनिकलाई बताएअनुसार ठक्कर दिने ट्रक र चालक सप्तरी खडक नगरपालिका-११ का ४० बर्षीय सुरज लाल चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा जिप्रका मोरङबाट थप अनुसन्धान भइरहेको एसपी कंडेलले बताए ।