झापा । झापाको शिवसताक्षी नगरपालिका-९ किराँत चोकमा आफ्नै घरमा पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको निधन भएको छ ।
शुक्रबार दिउँसो स्थानीय २३ वर्षीय निराजन सुब्बाले घरमा विग्रेको सिलिङ पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाइते भएका सुब्बाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।
त्यस्तै मुगुको छायाँनाथ रारा नगरपालिका-४ भमबाडा बस्ने २२ वर्षीय सञ्जय भामको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित घट्टे खोलामा सोलारको ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु भएको हो ।