
काठमाडौं। नागरिकताविहीन संघर्ष समितिले आज काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
हालसालै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेका नागरिकता विधेयक (पहिलो संशोधन) २०७९ लाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशविरुद्ध आज माइतीघरमा प्रदर्शन भएको हो।
प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले आमाको नामबाट नागरिकता दे, संविधान संशोधन छिटो गर, सर्वोच्च अदालत नागरिकता विधेयक २०७९ कार्यान्वयन गर, देशको वास्तविक नागरिक पहिचान गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
तस्बिरहरू