
काठमाडौं । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ । नेपालकै लामो रथ तथा जात्राको रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथ आजदेखि तान्न सुरू गरीउको हो ।
आज अपरान्ह गुरुजुको पल्टन र नेपाली सेनाको एउटा टुकडीको तोप सलामीपछि रातो मच्छिन्द्रनाथ देवतालाई विधिवत पूजा गरेर रथायात्रा सुरु भएको रातो मच्छिन्द्रनाथ गुठीले जनाएको छ । आज तःबहालदेखि पुल्चोकसम्म पौराणिक बाजागाजासहित रथायात्रा गरिएको छ ।
त्यसपछि पुल्चोकदेखि गाः बहालसम्म रथ तानिने छ । गाः बहालदेखि मंगलबजारसम्म, मंगलबजारदेखि पाटन सुन्धारासम्म रथ तान्ने कार्यक्रम छ । सुन्धारामा रथलाई दुई दिन राखिन्छ ।
१५ गते सुन्धारादेखि चक्रबहिलसम्म र भोलिपल्ट चक्रबहिलबाट लगनखेलसम्म रथ तानिन्छ । लगनखेल पुगेको भोलिपल्ट राति महाबली पर्व सञ्चालन हुने बताइएको छ ।
ज्योतिषले निकालेको साइतमा थटिबाट जावलाखेल रथ पुर्याइन्छ । जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाएपछि मच्छिन्द्रनाथको रथयात्रा र जात्रा औपचारिक रुपमा समापन हुन्छ ।
तस्बिरहरू