भक्तपुर। भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक जात्रा बिस्का जात्राको लागि भैरवनाथको रथ निर्माण कार्य भैरहेको छ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ ।
जात्राको लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माणमा अहिले स्थानीय जुटेका छन्।
लिच्छवीकालदेखि सुरु भएको बिस्का जात्रा नयाँ वर्षको चार दिनअगाडि भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ। यसपालि बिस्का जात्रा चैत्र २७ गतेदेखि सुरु हुनेछ।
तस्बिरहरू